Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ र गौरव स्टारर ‘साइँली’ गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/20
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘साइँली’ को दोस्रो गीत युट्युब रिलिज भएको छ । 'नाच माया' बोलको पहिलो गीतले युट्युबमा झण्डै ४० लाख भ्यूज बटुलिसकेको अवस्थामा निर्माण टिमले 'प्याट् प्याटे' बोलको गीत सार्वजनिक गरेको हो । सुशान्त गौतमले गीतमा आवाज भरेको छन् । 
 
 
हर्क साउदको शब्दको शब्द र गायक गौतमको संगीतमा रहेको गीतमा फिल्मका चार लिड कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंह फिचर्ड छन् । गीतमा दया-केनिपा र गौरव-मेनुकाको प्रेम देखाइएको छ । यो फिल्म चैत १५ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
गायक हेमन्त रानाको चर्चित गीत 'सुन साइँली' नामलाई सापटी लिएर यो फिल्म निर्माण भएको हो । गीतझैँ फिल्मले पनि बैदेशिक रोजगारीको कथा भन्ने निर्देशक गुरुङले बताए । यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक स्वयम्को हो । 
 
माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)