Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बसन्त र विजयले खोले ‘सिने इक्यूमेन्ट हाउस’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/20
 
फिल्म, म्यूजिक भिडियो, डकुमेन्ट्री आदी निर्माणका लागि चाहिने क्यामेरादेखि लाइट्ससम्म सम्पूर्ण एकै ठाउँमा पाउने गरि काठमाडौंको अनामनगरमा रहेको मदन भण्डारी कलेजको अपोजिटमा ‘सिने इक्यूमेन्ट हाउस’ सञ्चालनमा आएको छ । मंगलवार यस इक्यूमेन्ट हाउसको उद्घाटन गरिएको छ । 
 
 
गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वली, निर्देशक दीपाश्री निरौला र बरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकीले संयूक्त रुपमा रिवन काटेर ‘सिने इक्यूमेन्ट हाउस’ को उद्घाटन गरे । यसलाई फिल्म निर्देशक बसन्त निरौला र चर्चित पब्लिसिटी डिजाइनर विजय बस्यालले सञ्चालनमा ल्याएका हुन् । 
 
 
विजयको २७ औं जन्मदिनको अवसर पारेर यस हाउसको उद्घाटन गरिएको थियो । उद्घाटनपछि कार्यक्रममा बोल्दै गायिका वलीले बसन्त र विजयको सहकार्य सुमधुर, मजबुत र दिगो रहने आश व्यक्त गरिन् । निर्देशक द्वय निरौला र बुढाथोकीले पनि ‘सिने इक्यूमेन्ट हाउस’ को सफलताको कामना गरे । 
 
 
यो हाउस ठूलो सोचका साथ सञ्चालनमा ल्याएको बताउँदै सञ्चालक मध्येका एक बसन्तले समय सँग-सँगै लेटेस्ट प्रविधि पनि भित्राउने बाचा गरे । करीब ८० लाखको लगानीमा बसन्त र विजयले इक्यूमेन्ट हाउस सञ्चालनमा ल्याएका हुन् । विजय टौवा क्रियशनका सञ्चालक समेत हुन् । 
Most Visited News (monthly)