Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘कागजपत्र’ ट्रेलरः शिल्पाको नाजिरसँग प्रेम, भोलाराजसँग बिहे

फिल्मीखबर, काठमाण्डौ, 2019/02/20
 
नक्कली कागजपत्र र आफ्न्तसँगै नक्कली विवाह गरेर अष्ट्रेलिया जाने/चाहनेहरुको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमार्फत् फिल्मको मूलकथालाई प्रस्ट्याउन खोजिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिपूर्ण छ । 
 
 
यसमा अभिनेता नाजिर हुसेनसँग अभिनेत्री शिल्पा मास्केको प्रेम देखिइएको छ, तर अष्ट्रेलिया जानका लागि उनले अभिनेत्री सरिता गिरीसँँग बैबाहिक जीवनमा बाँधिएका कलाकार भोलाराज सापकोेटासँग नक्कली विवाह गरेकी छन् । ट्रेलरमा द्वअर्थी शब्द पनि पर्याप्त छन् । यो फिल्म चैत ८ मा रिलिज हुँदैछ । 
 
 
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए । 
 
 
यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । 
 
 
फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । अभिनेत्री शिल्पाले आफ्नो डेब्यु फिल्म भएका कारण ‘कागजपत्र’ माथि ठूलो आशा र भरोसा रहेको बताइन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)