Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जानी नजानी’ मा मनिष ‘देव’, निरिशा ‘मिरा’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/19
बसन्त अधिकारीको डेब्यू निर्देशनमा निर्माण भएको लभस्टोरी फिल्म 'जानी नजानी' को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । आउँदो चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक पोष्टरमार्फत् लिड कलाकारहरु मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । 
 
फिल्ममा मनिष श्रेष्ठले 'देव', निरिशा बस्नेतले 'मिरा', सन्नी सिंहले 'चिराग' र नम्रता श्रेष्ठले 'वर्षा' को भूमिका निभाएका छन् । फिल्म यी चारकै वरपर घुमेका कारण निर्माण टिमले उनीहरुको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । फिल्म आधुनिक प्रेमकथामा आधारित छ । 
 
 
फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । ‘मेरो टाइम र टिम सहि पर्‍यो त्यसैले गर्दा डेब्यू गरेँ’, निर्देशक अधिकारी भन्छन्, ‘फिल्मले अहिलेको युवापुस्ताको कथालाई 'रिलेट' गर्छ साथै यसमा प्रेमसँगै दायित्व पनि छ ।’ 
 
फिल्ममा छायांकन संजय लामाको रहेको छ । भने, यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । रोशनी रोशनी केसी प्रस्तुतकर्ता रहेको फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।
Most Visited News (monthly)