Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुमालै छ चिनो’ बाट आशावादी अफ्सना

फिल्मीखबर, काठमाण्डौ, 2019/02/19
गायक रेशम थापाले गाएको चर्चित गीत ‘रुमालै छ चिनो’ नामलाई सापटी लिएर निर्माण भएको फिल्म यही शुक्रवारबाट प्रदर्शनका लागि तयार छ । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा फिल्म आधारित छ । फिल्मलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् । 
 
फिल्म प्रदर्शनको संघारमा रहँदा प्रचारमा भने नव-अभिनेत्री अफ्सना थापा एक्लै छिन् । लिड अभिनेता सुशान्त कार्की भर्खरै बैबाहिक जीवनमा बाँधिएर हनिमुन मनाउन अष्ट्रेलिया उडेका छन् । अहिले अफ्सनालाई सुशान्तको बोली पनि आफैंले बोल्नु पर्ने बाध्यता छ । उनी फिल्म उत्कृष्ट बनेको बताउँछिन् । 
 
 
यसअघि 'चोखो माया' फिल्ममा काम गरेकी उनलाई यो फिल्मबाट धेरै आशा छ । पत्रकारसँगको एक भेटमा उनले भनिन्, 'फिल्मले नेपाली लाउरेको कथा भन्छ । श्रीमान् वा प्रेमी भारतको तर्फबाट युद्ध लड्न जाँदा स्वदेशमा श्रीमती र प्रेमिकाले भोग्ने दुःख र पीडामा फिल्म आधारित छ ।' उनी फिल्म हेरेर दर्शकले आफ्नो भूमिका मन पराउनेमा आशावादी छिन् ।
 
निर्देशक ठकुरीले विदेशमा हुने युद्धमा नेपाली वीर गोर्खालीले देखाएको वीरताको कथामा फिल्म निर्माण भएको बताए । अध्ययन गरेर मात्र फिल्म बनाएको उनको भनाई छ । सिंगल थिएटर केन्द्रित बताइएको यो फिल्ममा सुशान्त र अफ्सनाका अलावा किशोर खतिवडा, संचिता लुईंटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतको अभिनय छ । 
 
फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको संयूक्त लगानी छ । बिनोद सापकोटाले फिल्म खिचेका हुन् । यो फिल्ममा समावेश 'एक माया' बोलको गीत अहिले चर्चामा छ । फिल्मले सार्वजनिक ट्रेलरबाट पनि राम्रो प्रतिक्रिया पाएको छ । 
Most Visited News (monthly)