Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलसँग काम गर्न पाउनु मेरो भाग्य : उपासना

फिल्मीखबर, काठमाण्डौ, 2019/02/19
पछिल्ला छिमलका सवार्धिक चर्चित अभिनेता हुन् अनमोल केसी । गएको ६ वर्षमा 'क्याप्टेन' सहित ६ फिल्ममा काम गरिसकेका उनका 'कृ' बाहेक अन्य फिल्मले निर्माताको अनुहारको चमक हराउन दिएनन् । 'कृ' बाट भने निर्माताले करीब ९५ लाख घाटा बेहोर्नु परेको थियो । लगभग करोड घाटा हुनु फिल्मको लगानी ठूलो भएका कारण भनिएको छ । 
 
 
'ड्रिम्स' पछि नेपाली फिल्मवृतमा चर्चा सुरु भएको थियो- 'अनमोलसँग काम गरेपछि हिरोइनको भाग्य बल्छ ।' उदाहरणको रुपमा अभिनेत्री साम्राज्ञी आरएल शाहलाई लिने गरिन्छ । 'ड्रिम्स' ले उनलाई 'स्टार' बनाएको थयो । तर, सबैको भाग्य उनको जस्तो हुन्छ भन्ने ग्यारेन्टी छैन । नभए आना शर्मा, अदिती बुढाथोकी र सृष्टि श्रेष्ठको पनि भाग्य चम्किन्थ्यो । 
 
 
हरेक फिल्ममा अनमोलको अपोजिटमा नयाँ हिरोइन हुन्छन् । डेब्यू फिल्म 'होस्टेल' देखि फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'क्याप्टेन' सम्म उनले कुनै नायिकासँग दोहोर्‍याएर काम गरेका छैनन् । यो कथाको माग हो वा अनमोलको, त्यो भगवान जानुन् । तर, अनमोल नायिका छनोटमा आफ्नो हात नहुने बताउँदै आएका छन् । 
 
 
फिल्म 'क्याप्टेन' बाट नेपाली फिल्म क्षेत्रले दुई नयाँ नायिका पाउँदैछ, उपासना सिंह ठकुरी र प्रियंका एमभी । दुबै फिल्ममा अनमोलको अपोजिटमा छन् । फिल्ममा प्रियंकाभन्दा उपासनाको 'स्क्रिन स्पेस' बढी रहेको स्रोत बताउँछ । फिल्मको गीतदेखि ट्रेलरबाट पनि अनुमान गर्न सकिन्छ । प्रियंका ट्रेलरमा मात्र झुलुक्क देखिएकी थिइन् । 
 
 
मिडिया प्रचारमा पनि प्रियंकाभन्दा उपासनाकै व्यस्तता बढी छ । एक भेटमा उनले अनमोलसँग काम गरेपछि हिरोइनको भाग्य चम्किन्छ भन्ने सोचाइको खण्डन गरिन् ।  अनमोलसँग काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा रहेको बताउँदै उपासनाले भाग्य चम्किने वा नचम्किने भन्ने कुरा आफ्नो काममा निर्भर रहने बताइन् । 
 
 
'भाग्य चम्किने वा नचम्किने भन्ने कुरा आफूमा भर पर्छ । अनमोल र म एउटा फिल्ममा मात्र हो सँगै अरु फिल्ममा सँगै नहुन सक्छौं । त्यसैले आफ्नो मेहनतले नै हो भाग्य चम्किने वा नचम्किने भन्ने निर्धारण गर्ने', उनले भनिन् । दुबैलाई सुहाउँदोे भूमिका भए अनमोलसँग दोहोर्‍याएर काम गर्न आफू इच्छुक रहेको पनि उनले बताइन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)