Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनिल कपूरको ‘नायक’ को सिक्वेल बन्ला ?

एजेन्सी, मुम्बई, 2019/02/19
 
बलिउड अभिनेता अन‍िल कपूर २२ फेब्रअरीमा रिलिज हुन लागेको बहुप्रतिक्षीत फिल्म 'टोटल धमाल' को प्रमोशनमा व्यस्त छन् । तर, अहिले उनके १९ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म 'नायक : द रियल हिरो' को चर्चा छ । 
 
खबरअनुसार, यो फिल्मको सिक्वेलको अहिले तयारी चलिरहेको छ । राजनीतिक-एक्सन थ्रिलर फिल्मको सिक्वेलको विषयमा सोधिएको एक प्रश्नमा अनिल कपूरले भने, 'मलाई लाग्छ कि 'नायक' को सिक्वेल एक राम्रो विचार हुनेछ ।' 
 
'नायक' एस. शंकरको हिट तमिल फिल्म 'मुधलवन' को रिमेक थियो । २००१ मा आएको फिल्ममा कसरी एक आम मानिस भ्रष्टाचारको विरुद्धमा लड्छ भन्ने देखाइएको थियो । फिल्ममा रानी मुखर्जी र स्वर्गीय अमरीश पुरीको पनि प्रमुख भूमिका थियो । 
 
अन‍िल कपूर चाँडै एक फिल्ममा नेगेटिभ रोलमा देखिँदैछन् । खबरअनुसार, आदित्य रोय कपूर र दिशा पाटनी स्टारर एक्सन थ्रिलर फिल्ममा उनी नेगेटिभ रोलमा देखिनेछन् । यसलाई 'सोनू के टीटू की स्वीटी' का निर्देशक लभ रञ्जनले निर्देशन गर्दैछन् । 
Most Visited News (monthly)