Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

गैंडा संरक्षणको कथामा ‘खाग’ (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/18
मौलिक कथामा फिल्म निर्माण गर्न माहिर मानिने निर्देशक मनोज पण्डित निर्देशित फिल्म ‘खाग’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ । 
 
 
कमलजंग कुँवर लिखित 'गैंडालाई चार वर्ष' पुस्तकमाथि निर्माण भएको फिल्ममा प्रविण खतिवडा प्रमुख भूमिकामा छन् । उनी फिल्ममा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि यसमा अभिनय छ । 
 
फागुन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले एउटा व्यक्तिको संघर्षको कथा भन्ने निर्देशक पण्डितले बताए । 'यस फिल्ममा स्टार कलाकार छैनन्, तर कन्टेन्टमाथि हाम्रो विश्वस्त छौं', उनले अगाडि भने- 'सामान्य कथा छ र त्यसलाई सरल ढंगबाट पस्केको छु ।' 
 
ट्रेलर रिलिज कार्यक्रममा फिल्मसँग सहकार्य गरेको इ-सेवाले 'रिभ्यू कन्टेस्ट' पनि घोषणा गरेको छ । प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म फिल्मको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ । 
 
दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् । ‘खाग’ को ट्रेलर रिलिज कार्यक्रममा फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो । निर्देशक पण्डितले फिल्मले पुस्तकलाई न्याय गरेको दाबी गरे । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)