चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को ‘किचकिचे माया’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार इन्टरनेट रिलिज भएको गीतमा अभिनेता कर्मा र अभिनेत्री आना शर्मा फिचर्ड छन् । गीतमा आनाप्रति कर्माको एकोहोरो प्रेम बयान गरिएको छ ।

सुजेन्द्र डि. कार्कीको शब्द तथा संगीत रहेको गीतमा चन्दनध्वज केसीको स्वर छ । गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन् । भने, भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ । यस फिल्मको यसअघि एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।
नेपाल र अमेरिकामा फिल्म खिचिएको हो । क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले फिल्म निर्माण गरेका हुन् । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।
फिल्ममा आना र कर्मासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । नेपाली फिल्मले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनुपर्छ भन्ने सोचले यो फिल्म बनाएकोे निर्माता उद्दिन बताउँछन् ।
गीत हेर्नुहोस् :-

