Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आप्पा’ ले दियो दयाहाङलाई ‘सुपरस्टार’ को उपमा

फिल्मीखबर, काठमाण्डौ, 2019/02/18
साउथ फिल्ममा प्रायः अधिकांश हिरोहरुलाई 'सुपरस्टार', 'मेगास्टार', 'स्टाइलिस्ट स्टार', 'रकिङ स्टार' जस्ता विभिन्न उपमा दिइएको हुन्छ । यो ट्रेन्ड अब नेपाली फिल्ममा पनि सुरु भएको छ । हालै फिल्म 'ए मेरो हजुर ३' को टिजरमा निर्देशक झरना थापाले पहिलो पटक अभिनेता अनमोल केसीलाई 'मेगास्टार' को उपमा दिएकी थिइन् ।
 
 
यसबीच 'भर्सटायल' अभिनेता दयाहाङ राईलाई पनि फिल्म ‘आप्पा’ टिमले ‘सुपरस्टार’ को उपमा दिएको छ । सोमवार युट्युबमा सार्वजनिक गरिएको 'साँझ परेपछि' गीतमा उनलाई ‘सुपरस्टार’ को उपमाले सम्बोधन गरिएको छ । सार्वजनिक गीतमा मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई फिचर्ड गरिएको छ ।
 
निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । जेठ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मले बाबु-छोराको सम्बन्धको कथा भन्छ । फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यू निर्देशकीय फिल्म हो । 
 
माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् । ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । यसमा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा छ भने उनलाई पटकथा तया संवाद लेखनमा उमेश उपमाले सघाएका छन् । शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा छ । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)