Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुलेट ‘राजा-रानी’ अनुप र वर्षा (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/17
चैत १  गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘पुरानो बुलेट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावमा आधारित फिल्मको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स, रोदन सबै समेटिएको छ । ट्रेलरमा धेरै हदसम्म कमर्शियल भ्यालु देखिएको छ । 
 
 
'ह्यान्डसम भिलेन' को उपमा पाएका अनुपविक्रम शाहीले यस फिल्ममा दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् । ट्रेलरमा अनुपलाई 'बुलेट राजा' र वर्षालाई 'बुलेट रानी' को रुपमा परिचय गराइएको छ । ट्रेलर हेर्दा निर्देशक भिषण राईले गतिलो प्याकेज लिएर आएको महशुस हुन्छ । 
 
फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । आइतबार ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनुपले फिल्मबाट ठूलो आश बोकेको बताए । उनले फरक भूमिका निभाउन पाएकोमा खुसी पनि व्यक्त गरे । 
 
फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’ मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । 
 
‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायांकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । फिल्मले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)