Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड स्टार विलले गरे रणवीरको तारिफ

एजेन्सी, मुम्बई, 2019/02/17
 
हलिउड अभिनेता विल स्मिथले बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘गली ब्वाई’ मा उनको प्रदर्शनको तारिफ गरेका छन् । जोया अख्तरको निर्देशनमा बनेको फिल्म गएको बिहीवार 'प्रणय दिवस' को मौकामा रिलिज भएको थियो । फिल्ममा रणवीरसँगै आलिया भट्ट पनि प्रमुख भूमिकामा छिन् । 
 
यो फिल्मलाई आलोचक र प्रशंसकले दुबैले तारिफ गरेका छन् । फिल्ममा रणवीरले र्‍यापरको भूमिका निभाएका छन् । विल स्मिथले इन्स्टाग्रामको आफ्नो आधिकारिक पेजमा रणवीरलाई फिल्मका लागि बधाई दिएका छन् । इन्स्टाग्राम स्टोरीको एक भिडियोमा उनले भने, “बधाई छ रणवीर । तिमीले जे गरेका छौ मलाई निकै मनपर्‍यो ।”
 
विल स्मिथले अगाडि भनेका छन्, “मैले ओल्ड स्कूल हिपहप देखेकोे छु, पूरै विश्वले हिपहप देखेको छ । मलाई मन परेको छ । धेरै धेरै शुभकामना ।” जोया अख्तर निर्देशित यो फिल्म रितेश सिद्धवानी एवं फरहान अख्तरले निर्माण गरेका हुन् । फिल्मले प्रदर्शनको तीन दिनमा नै ५० करोड ग्रस कलेक्सन गरिसकेको छ । 
 
‘गली ब्वाई’ को कहानी धारावीको स्लम र्‍यापर्सबाट प्रेरित छ । ट्रेलर, गीतसंगीत र बर्लिन फिल्म फेस्टिवलमा स्क्रीनिङमा मिलेको सुरुवाती समीक्षापछि फिल्मको रिलिजको व्यग्र प्रतिक्षा भएको थियो । फिल्ममा रणवीर र अलियाका अलावा सिद्धान्त चतुर्वेदी र कल्कि कोचलिनको पनि प्रमुख भूमिका छ । 
Most Visited News (monthly)