Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यूएईका ११ हलमा ‘प्रसाद’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/16
सन् २०१६ बाट यूएईमा नेपाली फिल्म नियमित रुपमा प्रदर्शन भइरहेको छ । यसबीच, नेपालमा वर्ष २०७५ को 'हिट लिस्ट' मा दर्ता भएको फिल्म ‘प्रसाद’ पनि प्रदर्शनमा आएको छ । 'प्रेम दिवस' को अवसर पारेर बिहीवारबाट यूएईका ११ ओटा हलिउड/बलिउड फिल्म रिलिज हुने हलमा फिल्म प्रदर्शनमा आएको हो । 
 
 
यूएईमा बसोबास गर्ने नेपालीहरुले यो फिल्मको निकै प्रतिक्षा गरेर बसेका थिए । विकास नेटवर्कमार्फत् विकास सुवेदी र आशिष पुरुषले यूएईमा भित्राएको ‘प्रसाद’ को पहिलो र दोस्रो दिनको सोज हाउसफुल भएको जानकारी प्राप्त छ । फिल्म हेर्ने दर्शकको संख्यामा हरेक दिन वृद्धि भइरहेको विकासले बताए । 
 
उनका अनुसार, 'प्रसाद' ले यूएईका ११ ओटा हलमा दैनिक १३ सोज पाइरहेको छ । उनले भने, 'यो नेपाली फिल्म क्षेत्रका लागि पनि खुसीको कुरा हो । विदेशी फिल्मबीच पनि नेपाली फिल्मले विदेशमा १३ सोज पाउनु चानचुने कुरा होइन । यो आफैंमा ऐतिहासिक क्षण हो ।' फिल्म दुई हप्तासम्म चल्ने विश्वास उनको छ । 
 
यो फिल्म 'बलिउड सिनेमा हल' मा समेत प्रदर्शनमा आएको छ । 'प्रसाद' ले नेपालमा मात्र नभइ विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । फिल्मको अष्ट्रेलियामा नियमित ३५ सो भइसकेको छ । अन्य देशमा पनि फिल्मको माग चर्को छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । 
 
 
एक निःसन्तान दाम्पत्तिको जीवनमा आउने उचारचढावको कथा पेश गरेको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत प्रमुख भूमिकामा छन् । समीक्षक सुशील पौडेलले फिल्मको कथा लेखेका हुन् । यस फिल्मको 'लै लै' र 'बनकी चरी' गीत निकै लोकप्रिय छ ।  
Most Visited News (monthly)