Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘क्विन’ को स्क्रिप्ट कंगनालाई लागेको थियो झुर

एजेन्सी, मुम्बई, 2019/02/16
२०१४ मा आएको विकास बहलको फिल्म ‘क्विन’ पछि अभिनेत्री कंगना रनौतले आफ्नो करिअरमा लामो छलाङ लगाइन् । फिल्मलाई बक्सअफिसमा जबरजस्त सफलता मिलेको थियो । यो फिल्मबाट कंगनाले नेशनल अवार्ड समेत जितेकी थिइन् । यो फिल्म उनका लागि टर्निङ प्वाइन्ट साबित भएको थियो । 
 
तर, 'क्विन' को स्क्रिप्ट पढ्दा उनलाई रत्ति मन परेको थियो । उनले एक शोमा भनिन्, 'म मात्र होइन जसले पनि त्यो फिल्मको स्क्रिप्ट पढेका थिए उनीहरुलाई पनि फिल्मको कहानी बकवास लागेको थियो ।' उनले त्यसबेला आफूलाई निर्देशक बहलले फिल्मलाई लिएर बढी 'स्ट्रेस' नलिन आग्रह गरेको पनि बताइन् । 
 
 
'फिल्मका निर्देशक निकै ठूला निर्माता हुन् । म उनैको शब्दमा दोहोर्‍याउन चाहन्छु । उनले भनेका थिए, 'कंगना, यो फिल्मलाई लिएर बढी 'स्ट्रेस' नलेऊ । यो फिल्म हामीले सोचेभन्दा राम्रो हुनेछ ।' उनी यति ठूला निर्माता थिए कि उनको असली आइडेन्टी नै प्रोडक्सन थियो । उनले यस फिल्मलाई बढी गम्भीरतासँग लिएका थिएनन् ।'
 
'क्विन' बनाउने प्रोसेस निकै अलग रहेको कंगनाको अनुभव छ । ‘‘क्विन’ एउटा उत्कृष्ट फिल्म बन्न सफल भयो तर खराब पनि हुन सक्थ्यो । तर, निर्देशक हरेक चीजका लागि तयार थिए । त्यो एक सानो बजेटको फिल्म थियो र निर्देशक बहलको तर्फबाट केही खास दाउमा पनि थिएन र मेरो पनि थिएन । किनकि, मेरो करिअर त राम्रोसँग गुज्रिएको पनि थिएन’’, उनले भनिन् । 
 
कंगना 'मणिकर्णिका' को सफलतापछि फिल्म 'मेन्टल हे क्या ?' मा देखिँदैछिन् । यो फिल्मलाई नेशनल अवार्ड विनर प्रकाश राव कोवेलामुडीले बनाएका हुन् । यो एक थ्रिलर फिल्म हो, जो मानसिक विरामीमा आधारित छ । फिल्ममा राजकुमार राव पनि लिड रोलमा छन् । यो फिल्म २९ मार्चमा रिलिज हुँदैछ ।  
Most Visited News (monthly)