लगातार तीन हिट फिल्मबाट अभिनेता अनमोल केसीलाई ‘सुपरस्टार’ बनाएका निर्देशक हेमराज विसी निर्देशित नयाँ फिल्म ‘दि ब्रेकअप’ फागुन १७ गतेबाट प्रदर्शनका लागि तयार छ । गीतसंगीतले फिल्मको राम्रो हाइप निर्माण गर्दैगर्दा निर्माण टिम भने यतिबेला प्रचार-प्रसार चुस्त बनाउनमा केन्द्रित छ ।
.jpg)
हालै बसन्त पञ्चमीकोे अवसर पारेर पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीमाझ पुगेको फिल्मको जम्बो टिमले बिहीवार ‘प्रणय दिवस’ को दिन राजधानीका विभिन्न ठाउँमा पुग्दै दर्शक तथा शुभचिन्तकहरुसँग माया साट्यो । अभिनेता आशिरमान देशराज जोशी रातो ज्याकेटमा प्रेमिल भावमा फ्यानहरुमाझ पुगे ।
.jpg)
राजधानीको केन्द्र मानिने सुन्धारा स्थित सिभिल मल पुग्दा आशिरलाई 'डाइहार्ट' फ्यानले सेल्फीका लागि घेरे । उनी पनि केहीबेर फयानसँग सेल्फीमा रमाए । अभिनेत्री द्वय शिल्पा मास्के, इच्छा कार्की र अभिनेता रेमनदास श्रेष्ठसँगै पुगेका आशिरले त्यहाँ आयोजित भ्यालेन्टाइन विशेष कार्यक्रममा पनि उपस्थिति जनाए ।
निर्देशक हेमराज बिसीले सिभिल मलमा आयोजित प्रेममय उल्लासमा फिल्मको बारेमा जानकारी गराउँदै साथ र मायाको अपेक्षा राखे । उपस्थित दर्शकले 'जय ब्रेकअप' को हुटिङसहित सफलताको शुभकामना दिएका थिए । यो फिल्म रुपक थापा, रेनु राणा, दीपक खतिवडाले निर्माण गरेका हुन् ।

