
एक मध्यमवर्गीय युवकले राष्ट्रिय टिमको फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘क्याप्टेन’ को दोस्रो गीत सार्वजनक भएको छ । ‘रहर छ सँगै’ बोलको रोमान्टिक गीतले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले शुक्रवार लोकलयको ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक गरेको हो ।
 (4).jpg)
गीतको भिडियोमा 'दक्षिणा' जोडी भुवन केसी र निरुता सिंहले ठम्का लगाएका छन् । साथमा फिल्मका प्रमुख अभिनेता अनमोल केसी पनि कम्मर मर्काउँदै देखिएका छन् । भुवन र अनमोलसँग निरुताको जोडी गजब देखिएको छ । यसमा रेनशा वान्तवा राईको कोरियोग्राफी छ । गीतमा मेलिना राई र एसडी योगीको स्वर सुन्न सकिन्छ ।
 (3).jpg)
एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतका रचनाकार हर्क साउद र मनिष ढकाल हुन् । इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा फिल्ममा यो गीत पर्दामा आउनेछ । यस गीतले फिल्मको हाइप निर्माणमा थप मद्दत गर्ने निर्माण टिमको विश्वास छ । ‘क्याप्टेन’ फागुन १७ मा रिलिज हुँदैछ ।

यसमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको फिल्ममा सुदिप बरालको छायांकन छ । भुवन केसी निर्मित फिल्मको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् ।
 (1).jpg)
गीत सार्वजनिक कार्यक्रममा एन्फाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । उनीहरुले फिल्मले फुटबलको प्रवद्र्धनमा योगदान पर्याउने विश्वास व्यक्त गर्दै फिल्मको मार्केटिङमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय फुटबल टिमका क्याप्टेन बिराज महर्जनले भने ‘क्याप्टेन’ ले सम्पूर्ण फुटबल खेलाडीलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।
 (2).jpg)
अभिनेत्री निरुता गीतमा अभिनय गर्दाको अनुभव अविश्मरणीय रहेको बताउँछिन् । '२५ वर्ष अगाडि भुवन दाईसँग पहिलो पटक काम गरेको थिएँ । आज २५ वर्षपछि उहाँकै छोरासँग काम गर्न पाएँ । यो त एउटा इतिहास नैै हो', उनी प्रफुलित देखिइन् । उनले आफूलाई उक्त गीतमा अभिनय गर्ने अवसर दिएकोमा अनमोल र भुवन दुबैलाई धन्यवाद समेत दिइन् ।
गीत हेर्नुहोस् :-

