Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘मारुनी’ को मुहूर्त, साम्राज्ञी ‘लेजबियन’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/02/15
 
स्टारकास्टका कारण चर्चामा रहेको ‘मंगलम’ फेम्ड निर्देशक नवल नेपालले निर्देशन गर्ने नयाँ फिल्म ‘मारुनी’ को शुभ मुहूर्त गरिएको छ । फागुन दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मको शुक्रवार बिहान कमलादी स्थित गणेस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको हो । मुहूर्तमा कलाकार, निर्देशक र निर्माताको उपस्थिति थियो ।
 
यस फिल्ममा अभिनेत्रीमा अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाह लिड रोलमा छिन् । साथमा ‘मंगलम’ बाट उदाउँदो स्टारको उपमा पाएका पुष्पल खड्का र नव-अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका रहनेछ । मुहूर्तमा खुसी मुद्रामा देखिएका तीनै स्टार्स फिल्मलाई लिएर निकै उत्साहित देखिन्थे । 
 
 
फिल्ममा साम्राज्ञीको 'लेजबियन' को भूमिका रहेको चर्चा छ । तर, उनले आफ्नो भूमिका खुलाउन चाहिनन् । उनी भन्छन्, 'लेजबियनको भूमिका निभाउँदै छु पनि भन्दिनँ र होइन पनि भन्दिनँ । तर, भूमिका चाहिँ गजब छ ।' यस्तै, अभिनेता पुष्पलले फिल्ममा आफ्नो भूमिका फरक रहेको बताए । रेविका भने पहिलो फिल्मको अनुभव सानदार रहनेमा विश्वस्त छिन् । 
 
फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक नेपालले बताए । गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । काठमाडौं र बाँके लगायतका स्थानमा फिल्म खिचिनेछ । 
 
 
पुनम गौतमको निर्माण रहने फिल्ममा अजय पोखरेल र राजा प्रधान निर्मातामा छन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । कुशाग्र भट्टराई, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन् । 
Most Visited News (monthly)