Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेम दिवस’ मा प्रियंकाको जोडी को ?

फिल्मीखबर, काठमाण्डौ, 2019/02/14
 
नेपालसहित विश्वभर बिहीबार 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस मनाइँदैछ । विशेषगरी युवायुवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । यही अवसरमा अर्को वर्षको जेष्ठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेम दिवस’ को दुई रोमान्टिक पोस्टर सार्वजनिक भएको छ । 
 
सार्वजनिक दुई पोस्टरमध्ये एकमा अभिनेत्री प्रियंका कार्की आफ्नो ‘रियल एण्ड रिल’ प्रेमी आयुष्मान देशराजसँग रोमान्टिक मुडमा देखिएकी छन् । साथमा नव-नायक विशाल खरेलसँग पनि उनी प्रेमिल भावमा प्रस्तुत छिन् । दोस्रो पोस्टरमा भने प्रियंकालाई आयुष्मानको अंगालोमा खुसी मुद्रामा देख्न सकिन्छ । 
 
सार्वजनिक पोस्टरले प्रियंकको जोडी को ? भन्ने विषयमा अन्योल सृजना भएको छ । उनी आयुष्मान र विशाल दुबैसँग रोमान्टिक अवतारमा देखिएकी छन् । पोस्टरले एउटा कुरा चाहिँ के स्पष्ट पार्छ भने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । पोस्टरमा दुई नायकसँग प्रियंकाको केमेस्ट्री सुहाएको देखिन्छ । 
 
‘तिम्रो छेउ सरुँकी म’ गीतका कारण चर्चामा रहेको  फिल्म ‘प्रेम दिवस’ लाई ‘राधा’ फेम्ड निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 
 
फिल्म एक युवतीसँग दुई युवकको प्रेममा आधारित छ । निर्देशक घिमिरे फिल्मलाई म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र सत्यम राना अचुत बजगाईको भिएफएक्स छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । 
Most Visited News (monthly)