Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 5.00/5.00)
Text size:-
+
-

जसिता भए प्रदीपलाई ‘घाम जून चाहिँदैन’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/14
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ मा सर्वाधिक रुचाइएको जोडी प्रदीप खड्का र जसिता गुरुङको लिड रोल रहेको फिल्म ‘लभ स्टेशन’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रेम गर्नेहरुका लागि विशेष दिन 'प्रणय दिवस' को अवसर पारेर निर्माण टिमले ‘घाम जून चाहिँदैन’ बोलको गीत इन्टरनेट रिलिज गरेको हो । 
 
 
भियतनाममा छायांकन गरिएको गीतमा प्रदीप र जसिता फिचर छन् । दुईको केमेस्ट्री कमालको देखिएको छ । यो गीतमा गायक सुगम पोखरेल र गायिका रेश्मा पुन मगरको स्वर रहेको छ । जसमा दीपक शर्माको संगीत तथा दीपक शर्मा र उषा शेरचनको शब्द रचना छ । गीतको भिडियो मेकिङ उत्कृष्ट छ । 
 
‘लिलिबिली’ जोडीले पुनः स्क्रिन साझेदारी गरेका कारण नै दर्शकमाझ प्रतिक्षीत बनेको यस फिल्मको सार्वजनिक गीतले राम्रो हाइप निर्माण गर्ने आँकलन फिल्म पण्डितहरुको छ । आफ्ना हरेक फिल्ममा गीत छनोटमा विशेष ध्यान दिने अभिनेता प्रदीप ‘लभ स्टेशन’ कों ‘घाम जून चाहिँदैन’ गीतलाई पनि दर्शकले रुचाउनेमा विश्वस्त देखिन्छन् । 
 
चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेका फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् ।  प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । 
 
निर्देशक घिमिरेका अनुसार, ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा हो । यो फिल्मलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)