Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपचारपछि ‘हिन्दी मिडियम’ को सिक्वेल गर्दै इरफान

एजेन्सी, मुम्बई, 2019/02/14
 
लण्डनमा न्यूरोएन्डोक्राइन ट्यूमरको सफल उपचारपछि अभिनेता इरफान खान स्वदेश फर्किएका छन् । आफ्नो अभिनयका लागि प्रशंसित उनी भारत फर्किएसँगै उनको भावी कदमलाई लिएर अडकल लगाउन सुरु भएको छ ।  उनी २२ फेब्रअरीबाट 'हिन्दी मिडियम' को सिक्वेलको छायांकन सुरु गर्ने भारतीय मिडियाले बताएका छन् । 
 
केहीले भने उनको अहिले मुम्बईमा उपचार भइरहेको दाबी गरिरहेका छन् । इरफानको एक नजिकको स्रोतले विश्वविख्यात अभिनेताको स्वदेश फिर्तालाई पुष्टि गर्दै अन्य सबै दाबीलाई अफवहा भनेको छ । सूत्रले भन्यो- 'इरफान मुम्बई फर्किसकेका छन् । मानिसहरु बिना कुनै पुष्टि अनेकन कहानी बनाइरहेका छन् ।' 
 
साकेत चौधरी द्वारा निर्देशित २०१७ को हिट फिल्म 'हिन्दी मिडियम' एक यस्तो दाम्पत्तिको कथा हो, जो आफ्नो छोरीलाई सर्वश्रेष्ठ शिक्षा दिन चाहन्छन् जसले गर्दा समाजमा कुलिन वर्गले स्विकार गर्न सकोस् । यो फिल्ममा पाकिस्तानी अभिनेत्री सबा कमरको पनि प्रमुख भूमिका थियो । 
 
दिनेश विजानको प्रोडक्सनमा बन्न लागेको 'हिन्दी मिडियम २' एक दर्शक अगाडि बढ्नेछ र इरफानको चरित्र राजको कहानी बयान गर्नेछ । विजानले भने, म दुई हप्ताभित्र फिल्मको आधिकारिक घोषणा गर्नेछु । यसअघि 'हिन्दी मिडियम' को सिक्वेलमा शाहरुख खान र काजोल हुने चर्चा थियो । 
Most Visited News (monthly)