Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 2.56/5.00)
Text size:-
+
-

सलमानको करिअरको सबैभन्दा ठूलो रिलिज हुनेछ ‘भारत’

एजेन्सी, मुम्बई, 2019/02/13
 
बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ लाई वर्ष २०१९ को सबैभन्दा ठूलो रिलिज मानिएको छ । यो इदको छेकोमा रिलिज हुँदैछ । फिल्मको धमाकेदार टिजर सार्वजनिक भइसकेको छ, जसमा दबंग खानको कयौं लुक्स देखाइएको छ । अली अब्बास जफरले फिल्मको निर्देशन गरेका हुन् । 
 
यो फिल्मलाई लिएर एक ठूलो खबर बाहिर आएको छ । ‘भारत’ लाई अन्य भाषामा पनि डब गरेर रिलिज गर्ने तयारी भइरहेको छ । मुम्बई मिररको रिपोर्ट अनुसार,  सलमान खान-कटरीना कैफ स्टारर फिल्म हिन्दी भाषामा मात्र रिलिज हुने छैन । तमिल, तेलुगू र मलयालममा पनि डब गरिनेछ । 
 
अलग अलग भाषामा फिल्मको डब गर्न अहिले डबिङ आर्टिस्टको खोजी भइरहेको छ । यसलाई भारतको घरेलू र इन्टरनेशनल मार्केटमा सलमान खानको अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज फिल्म बनाउने तयारीमा निर्माण टिम छ । अहिले भारतको फाइनल सेड्यूल मुम्बई स्थित फिल्म सिटीमा चलिरहेको छ । 
 
मुम्बईमा दिल्लीको सेट बनाइएको छ, जसको कुल लागत १० करोड आसपास रहेको बताइएको छ । क्लाइमेक्सका अनुसार, पूरा सेट लथालिङ्ग बनाइनेछ । क्लाइमेक्स सिक्वेन्समा सलमानसँगै ज्याकी श्राफ र तब्बू पनि हुनेछन् । 'भ्यालेन्टाइन डे' को दिन सलमान खान र कटरीना कैफ, ज्याकी र तब्बूले साथमा सुटिङ गर्नेछन् । 
Most Visited News (monthly)