Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बैनाबट्टा’ मा जनजातीहरुको यथार्थ जीवनकथा

फिल्मीखबर, काठमाडौं, 2019/02/13
 
राज चाम्लिङको कथामा आधारित भएर फिल्म ‘बैनाबट्टा’ निर्माण हुने भएको छ । फिल्मलाई लेखक स्वयंले निर्देशन गर्दैछन् । फिल्मको हालै राजधानीमा एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ । प्रेम लावतीकोे निर्माणमा बन्ने फिल्मको छायांकन पूर्वी नेपालबाट केही दिनमा सुरु हुनेछ । 
 
फिल्ममा पूर्वी नेपालका जनजातीहरुको जीवनमा आइपर्ने यथार्थ जीवनकथा देखाइने निर्देशक राईले बताए । फिल्ममा देबेन्द्र नेम्वाङ, कविता राई, बाबु मोक्तान र रश्मिला तामाङको प्रमुख भूमिका रहनेछ । साथमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश बानेम, रिया सुब्बालगायतको पनि अभिनय रहनेछ । 
 
एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ सहायक निर्माताको रुपमा रहेको फिल्ममा बुद्धराज इङबा, राज चाम्लिङ, सन्तोष राईको संगीत रहनेछ । ४० लाखको लागतमा फिल्म ‘बैनाबट्टा’ बन्न लागेको हो । 
Most Visited News (monthly)