Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

द‍िशा र‍िप्लेस, ‘बागी ३’ मा श्रद्धाको इन्ट्री

एजेन्सी, मुम्बई, 2019/02/12
 
बलिउड सुपरस्टार टाइगर श्राफको हिट सिरिज ‘बागी’ मा सबैभन्दा पहिला अभिनेत्री श्रद्धा कपूरलाई लिड रोलमा कास्ट गरिएको थियो । फिल्मले बक्सअफिसमा सानदार कमाई गर्‍यो । तर, जब फिल्मको दोस्रो सिक्वेलमा काम सुरु भयो तब टाइगरकी गर्लफ्रेण्ड दिशा पटानीले श्रद्धालाई रिप्लेस गरिन् । 
 
अब फिल्मको तेस्रो पार्टको कहानी तयार छ । चर्चा फिल्मको हिरोइनलाई लिएर छ । तेस्रो सिक्वेलमा भने श्रद्धाले दिशालाई रिप्लेस गरेकी छन् । 'बागी' को तेस्रो पार्टमा टाइगरसँग श्रद्धा फेरि फर्किएकी छन् । 'बागी ३' को प्रोजेक्टमा अनुबन्ध भएपछि श्रद्धा फेरि परिवारमा फर्किएकोमा खुसी व्यक्त गरेकी छन् । 
 
'फेरि फेमिलीमा फर्किएका काण एकदम खुसी छु । यो साज‍िद सरसँग मेरो तेस्रो फिल्म हो, टाइगरसँग दोस्रो र अहमद सरसँग पहिलो । मैले फिल्मको स्क्रिप्ट पढें, कहानी निकै सानदार छ', श्रद्धाले भनिन् । यसअघि उनको रोल अभिनेत्री सारा अली खानलाई अप्रोच गरिएको छ । तर, उनले रिजेक्ट गरेकी थिइन् । 
 
२०१६ मा रिलिज भएको 'बागी' फिल्मको पहिलो सिरिजले करीब १३७ करोड कमाएको थियो, जबकि फिल्म ३७ करोडमा निर्माण भएको थियो । २०१८ मा आएको 'बागी २' ले २५३ करोड छापेको थियो । फिल्मको निर्माण लागत ५९ करोड थियो । अब तेस्रो पार्ट पनि हिट हुने अनुमान गर्न थालिएको छ । 
Most Visited News (monthly)