Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

२० दिनमै सकियो अर्पणको ‘घर’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/12
भर्सटायल अभिनेता अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’ को सोमवार इन्डक्ल्याप भएको छ । फिल्मको छायांकन २० दिनमा नै सकिएको हो । छोटो समयमा फिल्मको छायांकन सकिए पनि उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् ।
 
काठमाण्डौको बुढानिलकण्ठ आसपास यो फिल्मको छायांकन गरिएको छ । निर्देशक अर्पण स्वयंको कथामा फिल्म आधारित छ भने उनी नै लिड रोलमा छन् । उनको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ ।
 
 
फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । निरज कँडेलले फिल्म खिचेका हुन् । दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्मको प्रदर्शन मिति केही दिनमा तोकिने निर्देशक थापाले बताए । अस्मिता खनालको पनि फिल्ममा अभिनय छ । 
 
फिल्मका प्रस्तुतकर्ता मध्येका एक दिपेन्द्रले भने-‘यो फिल्मले दर्शकलाई तर्साउनेछ । हामीले कथावस्तुदेखि धेरै कुरामा मिहिनेत गरेका छौ । अब, भीएफएक्सको पनि काम धेरै छ ।’ यसमा अभिनेत्री सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा छिन् । बेनिशाले भने आफ्नो गेटअप केही फरक रहेको बताएकी छन् । 
Most Visited News (monthly)