Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विपिनले लिए ‘गोपी’ असफलताको जिम्मेवारी

फिल्मीखबर, काठमाण्डौ, 2019/02/12
बलिउड सुपरस्टार आमिर खानले आफ्नो ड्रिम प्रोजेक्ट ‘ठग्स अफ हिन्दोस्तान’ असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि उनको सर्वत्र तारिफ भयो । बलिउडमा आजसम्म कुनै कलाकार आफ्नो फिल्मको असफलताको जिम्मेवारी लिन अगाडि सरेका थिएनन् । हिट भए ‘जस’ लिन अगाडि सर्ने र फ्लप भए तर्किने कलाकारहरु बलिउडमा धेरै छन् । 
 
 
आमिरले आफ्नो फिल्मको असफलताको जिम्मेवारी लिने तयार रहेको बताएपछि यसले नेपाली फिल्म क्षेत्रमा पनि बहस जन्मायो । के नेपाली कलाकारहरु पनि आफ्नो फिल्मको असफलताको जिम्मा लिन तयार छन् ? एउटा कलाकारले आफ्नो फिल्मको असफलताको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? यतिबेला यो सवाल गम्भीर रुपमा पैदा भएको छ ।
 
गएको महिना एक अवार्ड कार्यक्रम होस्ट गर्ने बेला अभिनेत्री केकी अधिकारीले अभिनेता प्रदीप खड्कालाई 'फ्लप क्लब' मा स्वागत छ भन्दै झटारो हानेकी थिइन् । किनकि, प्रदीप अभिनीत पछिल्लो फिल्म ‘रोज’ फ्लप भएको थियो । तर, उनले आफूलाई चोखो बनाउन आमिर खानजस्ता सुपरस्टारको फिल्म पनि फ्लप भयो भन्ने उदाहरण दिए । 
 
आफूलाई आमिरसँग दाँजे पनि आफ्नो फिल्म 'रोज' असफल भएको उनले छाती फुलाएर भन्न सकेनन् । फिल्म असफलताको जिम्मेवारी लिनु त टाढाको कुरा । केही हप्ता अगाडि अभिनेता आशिरमान देशराज जोशीले पनि आफ्नो डेब्यु फिल्म 'ग्याङ्गस्टर ब्लूज' फ्लप भएको स्वीकार गर्न सकेनन् । बरु बलिउडका तीन खानको फिल्म फ्लप भएको उदाहरण दिए । 
 
नेपाली कलाकारहरु फिल्म हिट हुँदा 'जस' लिन तम्सिए पनि असफल हुँदा जिम्मेवारी लिने तयार हुँदैनन् भन्ने उदाहरण हुन् प्रदीप र आशिरमान । तर, अभिनेता विपिन कार्कीले भने गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘गोपी’ को असफलताको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका छन् । उनले उक्त फिल्म नचल्दा दुःखी भएको पनि बताए । 
 
 
सोमवार फिल्म ‘परी’ को घोषणा सभामा पत्रकारले उनलाई ‘गोपी’ को असफलताको जिम्मेवारी लिन तयार हुनुहुन्छ ? भन्ने प्रश्न गरे । उनले निर्धक्क भने- ‘हामीले अपेक्षा गरेअनुसार फिल्म नचलेकै हो । यो म मान्छु । म एउटा फिल्मको कलाकार भएको हिसाबले फिल्मको असफलताको जिम्मेवारी लिन तयार छु ।’ कलाकार भएपछि आफ्नो फिल्मको सफलता र असफलता स्विकार गर्न सक्नु पर्ने उनको भनाइ छ । 
 
रिलिजपूर्ण फिल्म ‘गोपी’ को राम्रो हाइप थियो । मंसिरमा रिलिज भएको ‘प्रसाद’ पछि खडेरी लागेको नेपाली फिल्मको व्यापारमा उक्त फिल्मले केही हदसम्म भए पनि चलायमान बनाउने चलचित्रकर्मीहरुको ठूलो आश थियो । तर, फिल्मले दर्शकको भीड हलसम्म डोर्‍याउन सकेन । अहिले यो फिल्म दोस्रो हप्तामा जेनतेन टिकिरहेको छ । 
Most Visited News (monthly)