Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशानको ‘परी’ मा विपिन र श्रृष्टिको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2019/02/11
 
फिल्म ‘गोपी’ ले हल नछाड्दै अभिनेता विपिन कार्की एक नयाँ फिल्ममा अनुबन्ध भएका छन् । म्यूजिक भिडियो सम्पादक तथा निर्देशक निशान कश्यपको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘परी : उड्न देऊ’ मा उनको प्रमुख भूमिका रहने भएको छ । यस फिल्मको सोमवार औपचारिक निर्माण घोषणा गरिएको छ । 
 
 
फिल्ममा विपिनको अपोजिटमा सर्लाही रैथाने श्रृष्टि खड्का रहनेछिन् । बैशाखबाट छायांकन सुरु हुने फिल्मका लागि साढे एक करोडको बजेट छुट्याइएको छ । फिल्मलाई रुपेशमान अमात्यले निर्माण गर्नेछन् । फिल्मको कन्सेप्ट निर्देशक कश्यप स्वयंको हो । यसले संवेदनशिल विषय उठाउने बताइएको छ । 
 
 
निर्देशक कश्यपले घोषणा सभामा भने, ‘एउटा उत्कृष्ट फिल्म बनाउने इमान्दार प्रयास गर्नेछौं । फिल्म रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ ।’ आरएन आइकनको ब्यानरमा बन्ने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मका लागि छनोट भएका बाँकी कलाकार भने केही दिनमा सार्वजनिक गर्ने निर्देशक कश्यपले बताए । 
 
 
निपिल शर्माको कथा लेखन रहेको फिल्ममा सफल केसी मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् भने टौवा क्रियशनको काँधमा पब्लिसिटी डिजाइनको जिम्मेवारी छ । कार्यक्रममा बोल्दै अभिनेता विपिनले आफूले यसअघिका फिल्ममा निभाएको भूमिकाभन्दा ‘परी’ मा विल्कुलै फरक रहेको बताए । अभिनेत्री खड्काको भने यो डेब्यू फिल्म हो । 
Most Visited News (monthly)