Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यात्रा’ गीतमा सलिनको मस्ती मुड (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/11
लुक्स, हेयर स्टाइल र आकर्षक ड्रेसअपका कारण अन्य अभिनेताभन्दा आफूलाई फरक रुपमा दर्शकमाझ चिनाएका ‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँ स्टारर नयाँ फिल्म ‘यात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक टिजरले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले ट्राभल गीत सार्वजनिक गरेको हो । 
 
 
‘पञ्च पन्छी’ बोलको गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको छ । भने स्वर मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलले भरेका छन् । भिडियोमा प्रविण सिंहको कोरियोग्राफी छ । गीतमा सलिनसहितका अन्य चार कलाकारहरु मस्ती मुडमा देखिएका छन् । गीतमा काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । 
 
जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको फिल्ममा अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
 
चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘यात्रा’ मा सलिनमान एक भ्लगरको भूमिकामा छन् । यस फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । 
 
फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् । फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको फिल्ममा हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । कविराज गहतराजको पनि कोरियोग्राफी रहेको यसमा शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रले संगीत भरेका छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)