Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपालगन्जमा देखियो अनमोलको क्रेज (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/11
करीब एक वर्ष भयो सुपरस्टार अनमोल केसीको फिल्मको प्रतिक्षामा बसेका दर्शकहरु । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'कृ' पछि उनी यस वर्षको फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'क्याप्टेन' मार्फत् दर्शकलाई भेट्दैछन् ।
 
अहिले उनी यस फिल्मको प्रचारलाई चुस्त-दुरुस्त बनाउन व्यस्त छन् । फिल्मको राम्रो प्रचार हुने ठाउँ उनले कुनै छाडेका छैनन् । 
 
 
अहिलेसम्म कुनै महोत्सवको स्टेज नउक्लिएका उनी यस फिल्मको प्रचारका लागि नेपालगन्जमा जारी 'खजुरा महोत्सव' मा सहभागी हुन पुगेका छन् । आइतबार उनको एक झलक हेर्नका लागि करीब २४ हजार बढी दर्शक महोत्सवमा उर्लिएका थिए ।
 
दर्शकको चर्को मागपछि आयोजकले अनमोललाई महोत्सवमा महँगो पारिश्रमिकमा निम्त्याएको थियो । 
 
 
अनमोललाई भने उक्त महोत्सव 'पशुपतिको जात्रा सिद्गाको व्यापार' झैं भयो । महँगो पारिश्रमिक पनि पाए भने फिल्मको जमेरै प्रचार पनि गरे ।
 
चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ए मेरो हजुर ३' को आइतबार सार्वजनिक भएको टिजरले युट्युबमा राम्रो भ्यूअर्स बटुल्दै गर्दा 'खजुरा महोत्सव' को स्टेज चढेका अनमोललाई हजारौं दर्शकले ताली र हुटिङले न्यानो माया दर्शाएका थिए । 
 
 
उनी कडा सुरक्षाको बीच साँझको करीब ५ बजे स्टेज चढेका थिए । उनले पटक-पटक 'क्याप्टेन' को रिलिज डेट दर्शकलाई स्मरण गराइरहे । उनी बेला-बेलामा माइक तेर्साएका सोध्थे- 'क्याप्टेन' कहिले रिलिज हुन्छ रे ?' हजारौं दर्शकले एकसाथ भन्थे- 'फागुन १७ ।'
 
उनले स्टेजमै 'क्याप्टेन' को गीत ‘रहर छ सँगै’ बोलको गीतमा डान्सका केही स्टेप देखाए भने फिल्मको केही डाइलग पनि सुनाए । 
 
 
करीब १० मिनेट आफ्नो प्रस्तुतिबाट दर्शकलाई मन्त्रमुग्ध बनाएपछि उनले फिल्म रिलिजपछि पुनः नेपालगन्ज आउने बाचा गरे । उनले भने- 'म फेरि नेपालगञ्ज आउँछु । सँगै बसेर फिल्म हेर्नुपर्छ ।' उनी पहिलो पटक नेपालगन्ज पुगेका थिए ।
 
उक्त महोत्सवमा सोमबार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको पनि प्रस्तुती रहनेछ ।
Most Visited News (monthly)