Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2019/02/11
 
नविन निरौला निर्देशित फिल्म ‘फिङ्गर प्रिन्ट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको ट्रेलरले प्रष्ट पार्छ । नविननकै लेखन र सम्पादन रहेको फिल्म फागुन १० गते प्रदर्शनमा आउदैछ । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले यसको निर्माण गरेका हुन् । 
 
फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् । शंकर आचार्य र अनिल श्रेष्ठ सह-निर्माता रहेको फिल्म मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौला बताउँछन् । 
 
फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुनसक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ । फिल्मको 'चाहिँदैन भो' गीत यसअघि नै सार्वजनिक भइसकेको छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)