Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘समर लभ’ लाई दर्शकको साथ

फिल्मीखबर, काठमाण्डौ, 2019/02/11
गएको मंसिरमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ पछि कुनै नेपाली फिल्मले सफलता हासिल गरेको रेकर्ड छैन । हरेक हप्ता हलमा नयाँ फिल्म टुटेका छैनन् तर न दर्शक रिझाउन सफल भएका छन् न त पैसा छाप्न नै । हरेक हप्ता निर्माताको करोडौंको लगानी बालुवामा पानी पोखेझैं भइरहेको छ । 
 
 
हल सञ्चालकहरु हलमा दर्शक नभएर झिंगा धपाएर बस्न बाध्य भएको बताइरहेका छन् भने सिनेवृतमा नेपाली फिल्मका दर्शक हराएको चर्चा भइरहेको छ । यसबीच शुक्रवारबाट प्रदर्शनमा आएको ‘बेस्ट सेलिङ’ उपन्यासमाथि बनेको फिल्म ‘समर लभ’ ले भने खडेरी लागेको फिल्मको व्यापार केही हदसम्म भए पनि चलायमान बनाएको छ । 
 
प्रदर्शनको पहिलो दिन फिल्मको व्यापारमा बर्षात भिलेन बन्यो । झरीले शनिबार पनि छोडेन । यद्यपि, शुक्रबारको तुलनामा फिल्मप्रति शनिबार दर्शकको साथ उच्च देखियो । बर्षातका कारण बिहानी शोजहरु प्रभावित हुँदा दिवा शोमा भने दर्शकको चाप बढ्यो । आइतबारबाट दर्शकको संख्यामा वृद्धि भइरहेको निर्माण टिमको भनाइ छ । 
 
 
यसअघि ‘नाईं नभन्नू ल ३’ निर्देशन गरेका मुस्कान ढकालले भने, ‘बर्षातका बाबजुत दर्शकले दिनुभएको माया र साथले खुशी बनाएको छ, वर्ड अफ माउथ राम्रो छ, फिल्म हेर्ने दर्शकले मुख खुम्च्याएको भेटेको छैन ।’ उनी अब फिल्मको लक्ष्य भ्यालेन्टाइन भएको बताउँछन् ।
 
‘हाम्रो फिल्मको मुख्य कन्टेन्ट नै प्रेम हो, त्यो दिन दर्शकका लागि राम्रो खुराक र कोशेली ‘समर लभ’ बन्नेमा शंका छैन’, निर्देशक ढकाल विश्वस्त सुनिए । फिल्मले राजधानीसँगै नारायणगढ, दाङ, धरान र पोखरामा पनि दर्शकको साथ राम्रो पाएको वितरकले जानकारी दिएका छन् । 
 
 
अतित शर्मा र साया शाक्यको प्रेमलाई शब्दमा उनेर सुबिन भट्टराईले तयार पारेको उपन्यासमा आधारित यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायत लिड अभिनयमा छन् । फिल्मको पटकथा सुबिन र सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।
Most Visited News (monthly)