Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.50/5.00)
Text size:-
+
-

लण्डनमा पूजाको मन सम्हाल्दै आकाश र सोनम

फिल्मीखबर, काठमाण्डौ, 2019/02/10
 
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ । फिल्मको छायांकनका लागि केही दिन अगाडि कलाकार र निर्माण टिम लण्डन पुगेको थियो । लण्डनमै करिब ५० दिनको फिल्मको छायांकन चल्नेछ । 
 
 
छायांकन आरम्भ गर्नुभन्दा अगाडि फिल्मका कलाकार र टिमले क्यामेरा पुजा गरेका थिए । पुजापश्चात् नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन् । फिल्ममा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ । 
 
 
निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा फिल्मको छायांकन हुने बताए । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । 
 
 
त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बन्ने फिल्ममा परि राना र अजितकुमार थापाको सह–निर्माण छ । अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ । 
Most Visited News (monthly)