
बलिउड सुपरस्टार ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ लामो समयदेखि चर्चामा छ । फिल्मको रिलिजलाई लिएर सस्पेन्स बनिरहेको थियो । तर, अब रिलिज डेट फाइनल भएको छ । यो फिल्म गणितज्ञ आनन्द कुमारको बायोपिक हो । पहिला फिल्म जनवरी २५ मा आउने तयारीमा थियो ।
निर्माण टिमले अझै सुटिङ गर्ने फैसला लिएपछि फिल्म पूर्वघोषित मितिमा प्रदर्शनमा आउन सकेको थिएन । अब यो फिल्म २६ जुलाई (साउन १०) मा आउने तय भएको छ । फिल्ममा आनन्द कुमारको वास्तविक जीवनमा हालै भएको घटना जोडिएको छ, जसको बारेमा पहिला फिल्ममा थिएन ।
फिल्मको पोस्ट-प्रोडक्सनबाट निर्देशक विकास बहल अलग भइसकेका छन् । फिल्मको बारेमा जानकारी दिँदै शिवाशीष सरकारले भने, 'हामीले ‘सुपर ३०’ का लागि बाहिरी निर्देशक नियुक्त गरेका छैनौं । स्टूडियोले नै फिल्मको क्रियटिभ पार्टनर्सको साथमा फिल्मको पोस्ट-प्रोडक्सन पूरा गरिरहेको छ ।'
यो फिल्ममा ऋतिकका अलावा मृणाल ठाकुर, अमित साध र नन्दिशा सन्धुको अभिनय रहेको छ । गणितज्ञ आनन्दले गरिब बच्चालाई पढाए । उनले पटनामा आईआईटी एन्ट्रेन्स एग्जाममा निःशुल्क कोचिङ दिए । बायोपिक फिल्ममा आनन्दको जीवन संघर्षदेखि छात्रहरूको परिवेशलाई समेत प्रस्तुत गरिएको छ ।

