Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ को टिजरमा लेखियो- ‘मेगास्टार अनमोल’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/10
राम्रो क्रेज भएको, ब्याक टू ब्याक सुपरहिट फिल्म दिएको, मिडिया र दर्शकले सर्वाधिक खोज्ने अभिनेता भएका कारण अनमोल केसीलाई सञ्चारकर्मी नरेश भट्टराईले गत वर्ष फिल्म ‘कृ’ को एक कार्यक्रममा ‘मेगास्टार’ को उपाधि दिए । तर, केही फिल्म हिट दिएको भरमा अहिले नै अनमोललाई ‘मेगास्टार’ भनिनु गलत हुने तर्क चलचित्रकर्मी र मिडियाकर्मीहरुको छ । 
 
 
अभिनेत्री रेखा थापाले त एक स्मारिकामा अनमोलप्रति लक्षित गर्दै मिडियामाथि दुखेसो नै पोखेकी थिइन्, ‘आज मलाई ‘मेगास्टार’ र ‘महानायिका’ भन्न डराउने तीनै पत्रकार १-२ हिट फिल्म दिएको भरमा नयाँलाई मेगास्टार भन्न हिच्किच्याउँदैनन् । यो एकदमै गलत कुरा हो ।’ १-२ वटा हिट फिल्म दिँदैमा नयाँलाई ‘मेगास्टार’ भनिनु गलत रहेको उनको तर्क थियो । 
 
तेलेगु फिल्मका सुपरस्टार चिरञ्जिबीलाई ‘मेगास्टार’ भनिने गरिन्छ । बलिउडमा केही वर्षयता अभिनेता सलमान खानलाई उक्त उपाधिले सम्बोधन गरिन थालिएको छ । चिरञ्जिबी तीन दशक र सलमान झण्डै साढे दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय छन् भने एकसेएक दर्जनौं बल्कबस्टर फिल्म दिएका छन् । यस हिसाबले अनमोललाई अहिले नै ‘मेगास्टार’ भनिनु गलत हुने तर्क कतिपयको छ । 
 
सञ्चारकर्मी भट्टराईले अनमोललाई ‘मेगास्टार’ भन्न थालेपछि अहिले दर्शकले पनि उनलाई सोही उपाधिले सम्बोधन गर्न थालेका छन् । आइतबार बसन्त पञ्चमीको अवसर पारेर फिल्म 'ए मेरो हजुर ३' को टिजर सार्वजनिक भयो । टिजरमा पनि उनलाई बकाइदा ‘मेगास्टार’ को रुपमा सम्बोधन गरिएको छ । टिजरको एक दृश्यमा लेखिएको छ- ‘विथ ‘मेगास्टार’ अनमोल केसी ।’ 
 
फिल्मको टिजरको कमेन्टमा अनमोललाई अधिकांशले ‘मेगास्टार’ भनेरै सम्बोधन गरेका छन् । युट्युब प्रयोगकर्ता दीपेन्द्र बुढा कमेन्टमा लेख्छन्, ‘मेगास्टार’ अनमोल केसी, बबाल छ टिजर । शतप्रतिशत बल्कबस्टर हुन्छ ।’ टिजरमा अनमोललाई  ‘मेगास्टार’ को रुपमा सम्बोधन गर्ने र टिजरको मुक्तकण्ठले प्रशंसा गर्ने धेरै छन् । 
 
तर, सम्पूर्ण जीवन नै नेपाली फिल्मका लागि तिलाञ्जली गरेकी अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो फिल्मको हिरोलाई खुसी पार्न ‘मेगास्टार’ भनेर सम्बोधन गर्दैगर्दा अनमोलले आफूलाई ‘मेगास्टार’ भनिने स्थानमा उभ्याइसकेका छन् वा छैनन् भनेर मुल्यांकन गर्न पनि आवश्यक थियो कि ? अहिले नै ‘मेगास्टार’ भनिहाल्न हतार भएन र झरनाज्यू ? 
 
टिजर हेर्नुहोस् :-

 

Most Visited News (monthly)