सुपरस्टार अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘ए मेरो हजुर ३’ को अफिसियल टिजर इन्टरनेट रिलिज भएको छ । बसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले फिल्मको ट्रेलर लञ्च गरेको हो । अनमोललाई 'मेगास्टार' सम्बोधन गरिएको टिजर कलरफुल बनेको छ ।
.jpg)
अनमोल र सुहानाको प्रेम कथा वाचन गर्ने फिल्मको सार्वजनिक टिजरमा दुईको प्रेमलाई सुन्दर ढंगबाट पस्किएको छ । सांगीतिक प्रेमकथामा आधारित बताइएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । गत वर्ष यस फिल्मको दोस्रो पार्ट प्रदर्शनमा आएको थियो, जुन बल्कबस्टर साबित भएको थियो ।
चैत २९ गतेबाट देशैभर प्रदर्शनमा आउने तरखरमा रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
आफ्ना हरेक फिल्म वर्ष दिन नभए छ महिनाको अन्तरमा रिलिज हुने अभिनेता अनमोलको अडान थियो । तर, यसपटक उनको अडान बोलीमा मात्रै सीमित भएको छ । यस वर्ष उनका दुई फिल्म डेढ महिनामै हल छिर्दैछन् । फागुन १७ मा 'क्याप्टेन' रिलिज भएको डेढ महिनामा 'ए मेरो हजुर ३' प्रदर्शनमा आउँदैछ ।
डेढ महिनामै दुई फिल्म रिलिज हुने भएपछि अनमोल अहिले आफ्नो स्टारडमलाई लिएर चिन्तित हुन थालेका छन् । यद्यपि, उनी आफ्ना हरेक फिल्म धमाकेदार रुपमा आउने र सबैको मन जित्ने गरि आउने भन्दै आफैंलाई सान्त्वना दिइरहेका छन् । 'क्याप्टेन' मा उनी फुटबल खेलाडीको भूमिकामा छन् भने 'ए मेरो हजुर ३' मा गायक बनेका छन् ।
टिजर हेर्नुहोस् :-

