Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा सम्झिएर भावुक भए सुशान्त (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2019/02/09
दिनेश सिंह ठकुरी निर्देशित फिल्म ‘रुमालै छ चिनो’ को मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द छन् । गीतमा सुशान्त कार्की, किशोर खतिवडा, संचिता लुईंटेललगायत फिचर्ड छन् ।
 
 
भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा फिल्म आधारित छ । काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर यो फिल्म निर्माण भएको हो । सुशान्त र नायिका अप्सना थापा फिल्ममा लिड रोलमा छन् । 
 
फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ज्योती फिल्मस्को ब्यानरमा बनेको हो । फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको संयूक्त लगानी छ । बिनोद सापकोटाले छायांकन रहेको यस फिल्ममा रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतको अभिनय छ । 
 
गीत हेर्नुहोस् :- 

Most Visited News (monthly)