Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

टिजरले ‘यात्रा’ को हाइप कति बढायो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/02/08
डेब्यू फिल्म ’ए मेरो हजुर २’ बाट आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका अभिनेता सलिनमान बनियाँ अभिनीत दोस्रो फिल्म ‘यात्रा’ यस वर्षको अन्तिम साता अर्थात् चैत २९ गते प्रदर्शनमा आउँदैछ । पुनः सलिन र सलोन बस्नेतको जोडी दोहोरिएका कारण यस फिल्मको दर्शकले निकै प्रतिक्षा गरिरहेका छन् । फिल्मको कथावस्तु यात्रामा केन्द्रित छ । 
 
 
केही दिन अगाडि फिल्मको टिजर सार्वजनिक भएको थियो । युट्युबमा अहिलेसम्म ६ लाख बढीको नजर परिसकेको टिजरले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । १४ सय बढी प्राप्त कमेन्टमा अधिकांशले सलिनको लुक्सको प्रशंसामा शब्द खर्चिएका छन् । कतिपयले उनलाई 'सुपरस्टार' को ट्याग समेत दिएका छन् । उनको हेयर स्टाइलको प्रशंसा गर्ने पनि धेरै छन् । 
 
निर्देशक सम्राट शाक्यले टिजरले फिल्मको हाइप निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनी भन्छन्, 'टिजरबाट मिलेको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौं । टिजरले दर्शकमा फिल्मप्रति अपेक्षा पनि बढाएको छ । दर्शकको अपेक्षा पूरा गर्न हामीले कुनै कसर छाडेका छैनौं ।' फिल्मको अर्को साता टाइटल गीत सार्वजनिक हुँदैछ । 
 
 
यात्राको क्रममा आउने परिस्थिति, माया र मित्रतालाई फिल्ममा देखाइएको निर्देशक शाक्यले बताए । यसमा सलिन र सलोनसँगै जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको अभिनय छ । यसै फिल्ममार्फत् मल्लिका महतले डेब्यू गरेकी छन् । केशव भट्टराईले फिल्मको निर्माण गरेका हुन् । 
 
अभिनेता सलिनले फिल्ममा आफूले चाहेको जस्तो भूमिका निर्वाहा गर्न पाएको बताए । निर्माता केशवसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमिल्सना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । 
 
 
यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । निर्माता भट्टराई फिल्ममा एक्सन, रोमान्स, कमेडी सम्पूर्ण मिक्स रहेको बताउँछन् । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)