Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेपछि प्रियंकाको बयानः ‘ब्वाइफ्रेण्ड र पतिमा निकै फरक हुन्छ’

एजेन्सी, मुम्बई, 2019/02/08
 
प्रियंका चोपडा र निक जोनसले केही महिना डेटिङ गरेपछि विवाह गर्ने फैसला लिएका थिए । इन्गेजमेन्टको तीन महिनामा नै उनीहरुले लगनगाँठो कसे । यो विवाह २०१८ को सबैभन्दा चर्चित वेडिङमा सामेल थियो । दुई विवाह र चार रिसेप्सनका कारण प्रियंका र निक निकै चर्चामा रहे । 
 
विवाह लगत्तै प्रियंका, निकसँग अमेरिकाको लस एजेल्समा सिफ्ट भइसकेकी छन् । उनले हालैमा अमेरिकी शो 'गुड मर्निङ अमेरिका' मा विवाहपछि आफ्नो जिन्दगीमा आएको परिवर्तनको बारेमा कुरा गरेकी छन् । उनी यो शोमा आफ्नो फिल्म 'इन्जेन्ट इट रोमान्टिक' प्रमोट गर्न पुगेकी थिइन् । 
 
विवाहको अहिलेसम्मको अनुभवको कस्तो रह्यो ? उनलाई कार्यक्रम सञ्चालकले प्रश्न गरे । उनले जवाफमा भनिन्, 'विवाहपछिको जिन्दगी निकै अलग हुन्छ । एक पति र ब्वाइफ्रेण्डमा निकै फरक हुन्छ । जब मेरो विवाह भएको थियो त्यसबेला यो महशुस भएको थिएन । तर, यो एक असल व्यक्तिसँग विवाह गरेपछि हरेक चिजहरु सजिलो हुन्छ ।'
 
प्रियंका आफ्नो विवाहपछि एक मिनी ब्रेकमा थिइन् । अब काममा फर्किसकेकी छन् । उनले आफ्नो नयाँ हलिउड फिल्मका लागि प्रमोसन सुरु गरिसकेकी छन् । चाँडै प्रियंका शोनाली बोसको बलिउड फिल्म 'द स्काई इज पिंक' मा व्यस्त हुँदैछिन् । यो फिल्म आयशा चौधरीको जिन्दगीमा आधारित छ । उनले आयशाको भूमिका निभाउँदैछिन् । 
Most Visited News (monthly)