Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि रोमान्स गर्दै दीपिका र रणबीर

एजेन्सी, मुम्बई, 2019/02/07
 
बलिउडको रिल लाइफ क्यूट कपल दीपिका पादुकोण र रणबीर कपूरका फ्यानका लागि खुसीको खबर आएको छ । 'तमाशा' को-स्टार्स एकपटक फेरि पर्दामा फर्किने तयारीमा छन् । खबरअनुसार, दुईले हालै एक रोमान्स ड्रामा फिल्म साइन गरेका छन्, जुन अर्को वर्ष २०२० मा रिलिज हुँदैछ । 
 
फिल्मलाई टी-सीरीजका भूषण कुमारले लभ फिल्मससँग सहकार्य गरेर बनाउँदैछन् । यो फिल्मबारे गएको वर्ष खबर आएको थियो कि दीपिका र रणबीर सिंहका अलावा लिड रोलमा एक्सन स्टार अजय देवगन पनि देखिनेछन् । अब दीपिका र रणबीर कपूर फिल्म गर्न तयार भएका छन् । 
 
अहिलेसम्म फिल्मको टिमको तर्फबाट कुनै अफिसियल स्टेटमेन्ट भने आएको छैन । यसभन्दा अगाडि दीपिका र रणबीरले २००८ मा आएको फिल्म 'बचना ऐ हसीनों' मा काम गरेका थिए । यसपछि यी दुईले केही वर्ष एकअर्कालाई डेट पनि गरे तर सम्बन्ध धेरै लामो समय टिकेन ।
 
ब्रेकअपपछि फेरि यी दुई एकसाथ देखिए र फिल्म 'तमाशा' मा सानदार काम गरेका थिए । यो जोडी बक्सअफिसमा हिट मानिन्छ । वर्क फ्रन्टको कुरा गर्ने हो भने रणबीर कपूर अहिले फिल्म 'ब्रह्मास्त्र' को छायांकनमा व्यस्त छन् भने दीपिका पादुकोण चाँडै मेघना गुलजारको फिल्म 'छपाक' मा देखिँदैछन् । 
Most Visited News (monthly)