Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(55 votes, avg 4.95/5.00)
Text size:-
+
-

प्रदीपलाई धन्यवाद दिँदै अनमोलले भने- ‘लभ स्टेशन’ लाई शुभकामना’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/07
 
अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई एक अर्काका प्रतिस्पर्धीका रुपमा लिने गरिन्छ । दुईबीच स्टारडम र को नम्बर वान भन्ने खालको अघोषित लडाई छ भनिन्छ । लगभग बराबरको संख्यामा फिल्म गरिसकेका उनीहरु अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन् । दुईलाई लिएपछि फिल्म असफल हुँदैन भन्ने मान्यता फिल्ममेकर्समा छ । 
 
अनमोल र प्रदीपको पहिलो पटक यस वर्ष राजधानीमा आयोजना भएको 'एनएफडिसी अवार्ड' मा भेट भएको थियो । उनीहरु आमनेसामने मात्र भएनन् मिडियाको आग्रहलाई सहर्ष स्वीकार गर्दै अंकमाल गरेर मुस्कुराउँदै तश्बिर पनि खिचाए । उक्त भेटपछि उनीहरुमा स्टारडमको लडाई सकिएको र एउटा अनमोल मित्रताको सुरुवात भएको चर्चा हुन थालेको छ । 
 
केही दिन अगाडि प्रदीपले अनमोल अभिनीत फिल्म 'क्याप्टेन' को ट्रेलर आफ्नो आधिकारिक फेसबुक पेजबाट साझेदार गरेर एउटा नयाँ सुरुवात र मित्रताको उदाहरण पेश गरे । उनले ट्रेलर निकै मन परेको बताउँदै अनमोल र आफू दाजु-भाई रहेको समेत बताएका थिए । उनको यो सकारात्मक कदमलाई दर्शक र चलचित्रकर्मीले प्रशंसा गरेका छन् । यसले दर्शकमा उनीप्रतिको सम्मान अरु थपिएको बताउन थालिएको छ । 
 
 
प्रदीपले 'क्याप्टेन' को ट्रेलर साझेदार गरेको ६ दिनपछि अभिनेता अनमोल केसीले उनलाई धन्यवाद दिएका छन् । प्रदीपले फिल्मको ट्रेलर साझेदार गरेको फेसबुकको कमेन्टमा अनमोलले लेखेका छन्, ‘धन्यवाद प्रदीप । ‘लभ स्टेशन’ लाई शुभकामना ।’ प्रदीपको नयाँ फिल्म 'लभ स्टेशन' आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ भने अनमोलको 'क्याप्टेन' फागुन १७ मा प्रदर्शन हुँदैछ । 
 
केही समय अगाडिसम्म फ्यानहरुबीच पनि अनमोल र प्रदिपलाई लिएर तिक्तता देखिँदै आएको थियो । अब दुई नै घनिष्ट मित्र भएपछि उनीहरुका फ्यानमा चल्दै आएको घम्साघम्सी पनि रोकिने देखिएको छ । अनमोल र प्रदीप जतिजति नजिक हुँदैछन् दर्शकमा दुईलाई एउटै फिल्ममा हेर्ने चाहना पनि बढ्दै गएको छ । प्रशंसकहरुको यो चाहना चाहिँ कहिले पूरा होला ? हेर्न बाँकी छ । 
Most Visited News (monthly)