Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हङकङमा ‘एभरेष्ट फिल्म अवार्ड’ हुने

फिल्मीखबर, काठमाण्डौ, 2019/02/06
यतिबेला नेपालमा अवार्डको मौषम जोडतोडले सुरु भएको छ । फिल्म अवार्डदेखि भिडियो अवार्डसम्म अहिले धमाधम आयोजना भइरहेका छन् । नेपालसँगै विदेशी भूमिमा अवार्ड हुने क्रम पनि ह्वात्तै बढेको छ । तर, वर्षमा दर्जन बढी अवार्ड आयोजना हुने गरेता पनि विवादरहित भने कुनै हुन सकेका छैनन् । 
 
यसबीच, सन् २०१९ को जुनमा हङकङमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको बारेमा जानकारी गराइयो । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले २० विधामा पपुलर अवार्ड प्रदान गरिने आयोजक मध्येका एक लोकराज लिम्बुले जानकारी दिए । 
 
 
अवार्ड समारोहमा एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ । ३ हजार ५ सय दर्शक क्षमता रहेको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा उक्त अवार्ड आयोजना हुनेछ । आउँदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट पनि सार्वजनिक गरिनेछ । 
 
नेपालमा संगीक्षा फिल्म्स प्रा.लिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रमको संयोजन गर्नेछन् । नेपालबाट ६० जना बढी कलाकार, प्राविधिक, पत्रकारको टोलीको सहभागीता रहने अवार्डमा आउने-जाने र बस्ने खर्च अवार्ड आयोजकले नै बेहोर्ने मनोज केसीले बताए । फर्म समेत निशुल्क रहेको बताइएको छ । 
Most Visited News (monthly)