Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अख्तियारका प्रमुख आयुक्तले गरे ‘सयकडा दश’ को प्रशंसा

फिल्मीखबर, काठमाण्डौ, 2019/02/06
भ्रष्टाचारले समाज र परिवारलाई पार्ने असरको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘सयकडा दश’ लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अख्तियारको उद्देश्यलाई बोकेको फिल्म भनेका छन् । मंगलवार फिल्म हेरेपछि उनले हरेकले छुटाउन नहुने फिल्म रहेको समेत बताए ।
 
 
‘फिल्म सन्देशमुलक छ । यो फिल्म हरेक नेपालीले हेर्नुपर्ने बनेको छ’, उनले अगाडि भने- ‘अख्तियारको मुल मर्मलाई नै बोकेर फिल्म बनेको लाग्यो मलाई । भ्रष्टाचारका विषयमा मैले बारम्बार भन्ने गरेको कुरा मौन रहनु पनि छन् ठूलो भ्रष्टाचार हो । त्यो मौनतालाई चिर्ने काम यो फिल्मले गरेको छ ।’
 
अख्तियार प्रमुख आयक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालगायत बिभिन्न व्यक्तित्वहरुले पनि फिल्म हेरेका थिए । आयुक्त डा. सावित्रीले हँसाउँदै रमाइलो गराउँदै महत्वपूर्ण सन्देश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यबाद दिइन् । यो फिल्म कुनै बर्ग बिशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नुपर्नेमा उनको जोड थियो । 
 
 
फिल्मले अपेक्षाकृत व्यापार नगरेता पनि 'वर्ड अफ माउथ' भने राम्रो छ । रामशरण पाठक निर्दे्शित फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ,  उत्सव न्यौपाने, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ । रामेश्वर कार्कीले फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)