.jpg)
बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खान अहिले चर्चामा छिन् । उनले गएको वर्ष फिल्म 'केदारनाथ' बाट बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्ममा सुशांत सिंह राजपूत उनको अपोजिटमा थिए । यसपछि उनी रणवीर सिंहको फिल्म 'सिम्बा' मा देखिइन् ।
दुबै फिल्म बक्सअफिसमा सफल रहे । फिल्मलाई राम्रो रेस्पोन्स मिल्यो । साराको अभिनयको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । ‘ब्याक टू ब्याक’ दुई फिल्मको सफलतापछि उनलाई अभिनेता टाइगर श्राफको फिल्म 'बागी ३' का लागि अप्रोच गरिएको थियो ।
तर, उनले उक्त फिल्म रिजेक्ट गरेकी छन् । साराले टाइगरसँग काम गर्न अस्वीकार गरेको भारतीय मिडियाले बताएका छन् । फिल्ममा धेरै रोल नभएका कारण साराले फिल्म गर्न नमानेकोे खबर प्राप्त छ । फिल्म 'बागी' र 'बागी २' ले बक्सअफिसमा सानदार कलेक्सन गरेको थियो ।
सारा अली खान बलिउडमा डेब्यूभन्दा पहिला नै स्टार बनिसकेकी थिइन् । उनको निर्दोषपन र चुलबुले स्वभावलाई निकै मनपराइएको छ । उनको फ्यान फलोइंग निकै लामो हुँदै गएको छ । फिल्ममा आउनुभन्दा अगाडि उनको ट्रान्सफर्मेशन पनि निकै चर्चामा रहेको थियो ।

