Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अप्सनासँग रोमान्टिक बने सुशान्त (पोस्टर)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/06
काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको दिनेश सिंह ठकुरी निर्देशित फिल्म ‘रुमालै छ चिनो’ को चार अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् ।
 
दुई पोस्टरमा सुशान्त र अप्सनालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ भने अर्को दुई पोस्टरमा सुशान्तको सिक्सप्याक शरीरलाई आकर्षक तरिकाले देखाइएको छ । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा फिल्म आधारित छ । 
 
 
फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ज्योती फिल्मस्को ब्यानरमा बनेको हो । फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ । यसअघि सार्वजनिक भएको ट्रेलर र गीतसंगीतले फिल्मको राम्रो हाइप निर्माण गरेको छ । 
 
बिनोद सापकोटाले छायांकन रहेको यस फिल्ममा  सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रेशम थापाको कथा र शिब थारुले सम्पादन छ । 
Most Visited News (monthly)