Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निकिताले दिइन् बोर्ड अध्यक्षबाट राजीनामा

फिल्मीखबर, काठमाण्डौ, 2019/02/05
 
गएको दुई हप्ता अगाडि चर्चित सञ्चारकर्मी रवि लामिछानेसँग कानुनी विवाह गरेकी निकिता पौडेलले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । उनले अब नीजि जीवनमा व्यस्त हुनुपर्ने भएकाले राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी गराएकी छन् । 
 
बुधबारदेखि लागू हुने गरी राजीनामा दिएको उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पौडेलले आफ्नो तीन महिनाको तलब श्रीमान् रवि लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको समेत विज्ञप्तिमा खुलाएकी छन् ।
 
उनले आफ्नो १४ महिने कार्यकालमा पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउने प्रयास गरेकोमा खुसी व्यक्त गरेकी छन् । 
 
उनले आफूलाई दिइएका जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमा भित्रै समापन गरी त्यसको प्रगति विवरण मन्त्रीलाई बुझाएको विज्ञप्तिमा उल्लेख गरेकी छन् । पौडेलले विकास बोर्डको अध्यक्ष नरहे पनि चलचित्र क्षेत्रको हितका लागि सँधै क्रियाशिल रहने बताएकी छन् ।
 
नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरुवात गर्ने अवसर आफूलाई प्राप्त हुनु र बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु आफ्नो लागि विशेष अवसर रहेको उनले विज्ञप्तिमा भनेकी छन् । उनी २०७४ मङ्सिर २५ गते खुल्ला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् । 
 
दुई दिन अगाडि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले उनीसँग स्पष्टिकरण सोधेको थियो । उनले आफ्नो स्पष्टिकरणमा राजीनामा उपहार पठाएकी छन् । निकिता गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेलकी छोरी हुन् । 
Most Visited News (monthly)