Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रणवीर’ गीतः सुपुष्पाको दर्शन पाउन छट्पटिए शुशील

फिल्मीखबर, काठमाडौं, 2019/02/05
हलमा रिलिजको पाँचौं दिनमा फिल्म ‘रणवीर’ को नयाँ गीत इन्टरनेट रिलिज भएको छ । ‘ढुकुरान्चडी’ गीतमा फिल्मका लिड अभिनेता शुशील सिटौला र अभिनेत्री सुपुष्पा भट्ट फिचर छन् । शुशील, सुपुष्पालाई देखेपछि एकोहोरो प्रेम गर्न थाल्छन्, यही प्रशंगमा गीत बुनिएको छ । 
 
 
‘ढुकुरान्चडी’ गीत धनगढीको प्रख्यात देउडा गीत हो, जसका सर्जक नरेन्द्रराज रेग्मीले हुन् । प्रताप दास, चक्र बम र शतिसको स्वर रहेको गीतलाई अमित श्रेष्ठले कम्पोज गरेका हुन् । यसमा अमित र हर्क साउदको शब्द रचना रहेको छ । गीतलाई धनगढीको रमणीय दृश्यमा छायांकन गरिएको छ । 
 
बक्सअफिसमा सुखद व्यापार गरिरहेको फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । यो फिल्ममा सुवेक्षा खड्का, प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय छ ।
 
यसमा कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यस फिल्मको मेकिङको अहिले सर्वत्र चर्चा भइरहेको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)