Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पुरानो बुलेट’ मा अनुपको यस्तो गेटअप

फिल्मीखबर, काठमाडौं, 2019/02/05
‘ह्यान्डसम भिलेन’ का रुपमा कहलिएका अनुपविक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’ ले तीन अफिसियल पोस्टर लञ्च गर्दै प्रचार सुरु गरेको छ । चैत १ गतेबाट देशभर प्रदर्शनमा आउने तरखरमा रहेको फिल्मको तीन पोस्टरमा अनुपसँगै अभिनेत्री द्वय बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् ।
 
पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुपले लामो कपालमाथी रातो रुमाल बाँधेका छन् । साथमा जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा उनी बुलेटमा आफ्नै स्टाइलमा फिचर छन् । बर्षा गाउँले भेषमा प्रस्तुत हुँदा मालालाई केही बोल्ड देख्न सकिन्छ । 
 
 
लामो समयको पत्रकारितापछि 'एक्सन कट' मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएको फिल्मको यही फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । 
 
फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’ मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । 
 
‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायांकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । फिल्मले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ ।
Most Visited News (monthly)