Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमाईमा ‘बाहुबली २’ भन्दा अगाडि ‘उरी’

फिल्मीखबर, काठमाडौं, 2019/02/05
 
बक्सअफिसमा सानदार प्रदर्शन गरिरहेको अभिनेता विक्की कौशलको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ को नाममा एक ठूलो रेकर्ड दर्ता भएको छ । फिल्मले प्रभास स्टारर सुपरडूपर हिट फिल्म ‘बाहुबली २’ लाई कमाईको मामलामा उछिनेको छ । रिलिजको २३ औं र २४ औं दिन ‘उरी’ ले ‘बाहुबली २’ भन्दा पनि बढी कमाई गरेको छ । 
 
तरण आदर्शको ट्वीटका अनुसार, ‘उरी : द सर्जिकल स्ट्राइक’ ले २३ औं दिन ६ करोड ५३ लाखको कारोबार गरेको छ, जबकि रिलिजको २३ औं दिनमा ‘बाहुबली २’ ले ६ करोड ३५ लाखको विजनेश गरेको थियो । यस्तै, २४ औं दिनमा ‘उरी’ ले ८ करोड ७१ लाखको कमाई गरेको छ, जबकि ‘बाहुबली २’ ले ७ करोड ८० लाखको कारोबार गरेको थियो । 
 
‘उरी’ ले बक्सअफिसमा प्रदर्शनको २४ औं दिनसम्ममा भारतबाट मात्र १ सय ८९ करोड ७६ लाख कमाउन सफल भएको छ । फिल्मले यही हप्ता दुई सय करोडको आँकडा पार गर्ने फिल्म पण्डितहरुको विश्वास छ । आदित्य धर निर्देशित यस फिल्ममा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावललगायतको पनि अभिनय छ । 
 
साल २०१६ मा भारतीय सेना द्वारा पाकिस्तानमा पसेर आतंककारीमाथि गरेको सर्जिकल स्ट्राइकको घटनामा फिल्म आधारित छ । फिल्ममा विक्कीको डाइलग डेलिभरी र एक्सन 'पर्फेक्ट' छ । यसअघि उनले 'राजी' मा पाकिस्तानी सेनाको भूमिका निभाएका थिए भने 'सञ्जू' मा रणवीर कपूरको साथीको भूमिकामा थिए । 
Most Visited News (monthly)