Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पिता बन्दै आर्यन सिग्देल

फिल्मीखबर, काठमाण्डौ, 2019/02/04
 
एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका चकलेटी हिरो आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि पिता बन्ने भएका छन् । विवाह लगत्तै आफन्त, साथी-भाई र मिडियाबाट उनी जुनियर सिग्देलको आगमनको प्रश्नले हैरान हुँदै आएका थिए । अब यसबाट उनले राहत पाउने भएका छन् । 
 
विशेष स्रोतका अनुसार, आर्यन पत्नी सपना भण्डारी ७ महिनाको गर्भवती छिन् । आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाह अगाडि उनीहरु करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । उनी आर्यनभन्दा ७ वर्ष कान्छी हुन् । 
 
विकासराज आचार्यको नयाँ फिल्म 'हजार जुनीसम्म' को छायांकनका लागि हाल सिक्किममा रहेका आर्यन केही दिनमा काठमाडौं फिर्दैछन् । यसपछि उनले साम्तेन भुटियाकोे एक कमेडी फिल्म गर्ने पक्का भइसकेको छ । यो फिल्म गर्नुभन्दा अगाडि उनी सपनासँग केही समय बेथित गर्ने तयारीमा छन् । 
 
गएको केही महिना अगाडि फिल्म 'कायरा' को ट्रेलर रिलिज कार्यक्रममा आर्यनमाथि सन्तान कहिले प्रोड्युस गर्ने भनेर पत्रकारले प्रश्न गरेका थिए । उनले आफ्ना हरेक फिल्म सन्तान रहेको भन्दै 'डिप्लोम्याटिक' जवाफ फर्काएका थिए । माता-पिता बन्न लागेको कुरा स्वयं आर्यन र सपनाले भने बताएका छैनन् ।
 
तश्बिर : सपना भण्डारीको फेसबुकबाट
Most Visited News (monthly)