Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘समर लभ’ गीत: अतितलाई सायाप्रति गुनासो छैन

फिल्मीखबर, काठमाण्डौ, 2019/02/04
चर्चित आख्यानकार सुविन भट्टराईद्वारा लिखित नोवेल ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ को मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । फिल्म रिलिजको मुखमा इन्टरनेट रिलिज गरिएको ‘गुनासो छैन’ बोलको गीतमा गायक पुष्पन प्रधानको स्वर, शब्द र संगीत छ । 
 
 
गीतको भिडियोमा चल-अचल दृश्यहरु समावेश गरिएको छ । अभिनेता आशिष पिया उर्फ अतितको प्रेम पीडा गीतमा देखाइएको छ । अभिनेत्री रेवती क्षेत्री उर्फ सायाको प्रेममा उनी तड्पिएका छन् । गीतको अडियो उत्कृष्ट बनेको छ । पुष्पनको स्वर, शब्द र संगीतको जर्बजस्त संयोजन छ । 
 
यही शुक्रवारबाट प्रदर्शनका लागि तयार रहेको फिल्मलाई 'नाइँ नभन्नू ल ३' फेम निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् । 
 
फिल्ममा बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन् । फिल्ममा सुरज सिंह ठकुरी लेखक र नम्रता सापकोटा सुस्मिताको भूमिकामा छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)