Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मणिकर्णिका’ लाई सय करोड कमाउनै सकस

फिल्मीखबर, काठमाण्डौ, 2019/02/04
 
बलिउड अभिनेत्री कंगना रनौतको फिल्म 'मणिकर्णिका : द क्वीन अफ झाँसी' ले बक्सअफिसमा दोस्रो हप्तामा पनि आफ्नो पकड बलियो बनाइरहेको छ । फिल्मले प्रदर्शनको १० दिनमा भारतबाट मात्र ७६ करोडको कमाई गरेको छ । ट्रेड एनाल‍िस्ट तरण आदर्शका अनुसार, पहिलो हप्ता फिल्मले ६१ करोड १५ लाखको विजनेश गरेको थियो । 
 
दोस्रो हप्ताको आइतबारसम्म फिल्मले १५ करोड ५० लाख कमाएको छ । भारतीय बजारमा फिल्मको कुल कमाई ७६ करोड ६५ लाख भएको छ । 'मणिकर्णिका' रिपब्लिक डे विकमा २५ जनवरीमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन बक्सअफिसमा ५ करोड ५० लाख छापेको थियो । तर, विस्तारै फिल्मको कमाईमा ठूलो गिरावट आएको छ । 
 
कंगनाको फिल्मलाई विक्की कौशलको फिल्म 'उरी : द सर्जिकल स्ट्राइक' ले जबरजस्त टक्कर दिएको छ । दोस्रो हप्तामा 'मणिकर्णिका' को सुरुवात ठिकठाक भए पनि अब फिल्मले सय करोड कमाउन सफल हुन्छ वा हुँदैन ? हेर्न बाँकी छ । रिलिजपूर्व फिल्मले दोस्रो हप्तामा सय करोड नाध्ने अनुमान गरिएको थियो । 
 
पहिलो हप्तामा 'मणिकर्णिका' को सामना 'उरी' सँग थियो र दोस्रो हप्तामा सोनम कपूर आहूजा र राजकुमार राव स्टारर 'एक लडकी को देखा तो ऐसा लगा' सँग छ । अब भारतीय बजारमा सय करोड कमाउनका लागि फिल्मले तेस्रो हप्ताको प्रतिक्षाको गर्नुपर्ने देखिएको छ । फिल्मको ओभरसिज भने राम्रो छ । फिल्मलाई कंगना स्वयंले निर्देशन गरेकी हुन् । 
Most Visited News (monthly)